सावित्राको गोलमा बंगलादेशसँग नेपालको बराबरी

सावित्राको गोलमा बंगलादेशसँग नेपालको बराबरी


सावित्रा भण्डारीको इन्जुरी समयको गोलमा नेपालले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । 

ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा बिहीवार भएको खेलमा नेपाल र बंगलादेशले १-१ गोलको बराबरी खेलेका हुन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा भने बंगलादेशले सुरुवाती अग्रता लिएको थियो । खेलको ६५ औं मिनेटमा बंगलादेशका लागि सबिना खातुनको गोल गरिन् । बंगलादेश जिततर्फ अघि बढ्दै थियो । 

तर, सावित्राले इन्जुरी समयमा गोल गर्दै नेपाललाई बराबरीको नतिजा दिलाएकी हुन् । 

नेपाल र बङ्गलादेशले थप एक मैत्रीपूर्ण खेल खेल्ने छन्। पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्दा बङ्गलादेशले नेपाललाई ३-१ गोलले हराएको थियो। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन।

Skip This
Logo