तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!


आज २०८० असार २९ गते शुक्रबार। १४ जुलाई २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो, अ)
आज स्वादिष्ट भोजन पाइनेछ। नयाँ ज्ञान, सीप र कार्यको योजना बन्नेछ।वित्तिय संस्था बाट सहयोग पाइनेछ। बोलीको प्रभाव पनि बढ्नेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज अनवास्यक यात्रा हुनसक्छ।भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। जोशजाँगरमा पनि कमी ल्याउन सक्छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज आस मारेको काम बन्नेछ।अरुको मन जित्न सकिनेछ।दाम्पत्य जीवन सुखमय हुनेछ। अचल सम्पत्ति हात पर्ने योग छ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। चलाखीपूर्ण बोलीले काम बन्नेछ। पढाइ लेखाइमा उन्नति र प्रगतिको वातावरण बन्नेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ।राजनैतिक कार्यमा सफलता मिल्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।आँटेको र ताकेको कार्य पुरा हुनेछ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ।मित्रहरूले वचन पूरा नगर्लान्,तर साँझमा शुभ समाचार पाइनेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज न्यायिक कार्यमा सफलता मिल्नेछ।रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन्।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज कार्य सम्पादनमा सहजता मिल्नेछ।मित्रबाट विशेष सहयोग मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। रमाइलो यात्राको योग समेत रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
न्यायिक कार्यमा सफलता मिल्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ।नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला। उपहार र मान सम्मान पनि पाइन सक्छ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ।आर्थिक कारोबारमा मन्दी आउनेछ। प्रेममा मनमुटावका साथै मानसिक चिन्ता बढ्नेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज बौद्धिक काममा सफलता मिल्नेछ। कला र गलाको प्रभाव बढ्नेछ।कुनै कुराले मनमा शान्ति छाउने र आत्मिक सन्तुष्टि मिल्नेछ।

Logo