राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


राष्ट्रिय सभा बैठक बस्दैछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ। बैठक ११ः१६ बजे बोलाइएको छ। 

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा आर्थिक विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ भने आर्थिक विधेयक २०८० पारित गरिनेछ।

उता, राष्ट्र ऋण उठाउने विधेयक २०८० माथी दफावार छलफल हुने भएको छ भने त्यसपछि सो विधेयकलाई पारित गर्ने कार्यसूची रहेको छ। 

Logo