कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन हो। लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। सीडीएसका अनुसार यस आईपीओ मा असार २८ गतेसम्ममा ८ लाख ५० हजार ६९१ जनाले ९१ लाख ७८ हजार १२० कित्ताका लागि आवेदन दिइसकेका छन्।
 
यस कम्पनीले असार २६ गतेदेखि आइपीओ बिक्रीमा ल्याएको हो। कम्पनीले १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो। हाइड्रोपावरले १ सयअंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर बिक्रीमा ल्याएको छ।

यो मध्ये १० प्रतिशत अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। त्यस्तै,५ प्रतिशत अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याइएको छ। 
 
बाँकी १ लाख १ हजार १५१ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। 
 
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओलाई इक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

Logo