राप्रपा लुम्बिनी सहसंयोजकमा सहमहामन्त्री रिमाल

राप्रपा लुम्बिनी सहसंयोजकमा सहमहामन्त्री रिमाल


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि लुम्बिनी प्रदेशको सहसंयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी प्रदान गरेका छन्। 

अध्यक्ष लिङ्देनले यसअघि नै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरिसकका छन्। 

यस्तै पार्टीले महामन्त्री कुन्तीकुमारी शाहीको नेतृत्वमा महिला विभाग गठन गरेको छ। विभाग उपप्रमुखमा पार्टीका कार्यसम्पादन समिति सदस्य रेखा थापा,सदस्यसचिवमा अधिवक्ता सवान्त थापा तथा सदस्यमा सरस्वती लामा, नानु लामा नगरकोटी,बबिता शाही, इन्दिरा शाही र रीता कुँवर रहेका छन्।

पार्टीले आगामी छ महिनाभित्र हरेक तहमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्ने नीति लिएको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिइन्।

Logo