मानिस व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा देश बर्वाद भयोः उपप्रधानमन्त्री श्रेष्ठ

मानिस व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा देश बर्वाद भयोः उपप्रधानमन्त्री श्रेष्ठ


उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जीवनको सार्थकता र मूल्यबोध गराउने कुरामा मनन गर्न आवश्यक भएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित भानुभक्त स्मृति दिवसको अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले मानिस व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा देश बर्वाद बनेको बताएका हुन् । 

उनले भने, ‘हाम्रो नेपाली समाजलाई चेतनशील बनाउन जीवनको सार्थकता हरेकलाई बोध गराउन र समाजिक कर्तव्य निर्वाह गर्नको लागिर न्यायको पक्षमा भूमिका निर्वाह गर्नको लागि ठूलो उद्घोषण हो । यो समान्य होईन् । जीवनको सार्थकता र मूल्यबोध गराउने कुरामा मनन गर्न आवश्यक छ । हामी व्यक्तिगत स्वार्थमा केन्द्रित हुने र व्यक्तिगत रुपमा कसरी सुविधायुक्त जीवन विताउने भन्ने कुरामा मात्र केन्द्रित हुँदा हाम्रो देश बर्वाद हुने खतरा र आफ्नो जीवन पनि ध्वस्त हुने खतरा हुन्छ ।’ 

देश समाज र आफ्नो जीवनलाई बचाउँने हो भने नेपालीहुनुको सार्थकतालाई बोध गर्न आवश्यक छ । यसको लागि भानुभक्तबाट सिक्न आवश्यक भएको उनको भनाइ छ । उनले भने, ‘लालफित्ता साही धेरै बढी भएको छ । संविधान र कानूनअनुसार हुने काम पनि हामी ढिलो ढिलो  गरिदिन्छौं । र जनताले त्यसबाट प्रताडित हुनु परेको छ । र यो कुरा समान्य कुरा होइन्, त्यसैले हामी सबैले आत्मसाथ गर्नु छ । ’ 

नेपाली भाषामा भानुभक्तले पु-याएको योगदानलाई सम्झँदै आगामी दिनमा सबैले आफ्नो आफ्नो ठाउँबाट योगदान दिने अपेक्षा लिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । 

Logo