पाकिस्तानविरुद्ध सोमपालको महत्वपूर्ण अर्धशतक

पाकिस्तानविरुद्ध सोमपालको महत्वपूर्ण अर्धशतक


नेपालका तीव्र गतिका बलर सोमपाल कामीले एसिसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान एविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । 

कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि नवौं नंबरमा ब्याटिङमा उत्रिएका सोमपालले ७७ बलमा ८ चौकाको मदतमा अर्धशतक प्रहार गरेका हुन् । उनको यो अर्धशतकले खराव प्रदर्शन गरेको नेपाललाई केही राहत मिलेको छ । 

हाल नेपाल ३२ ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएर खेलिरहेको छ । 
 

Logo