नेपाल शैक्षिक परामर्श संघमा चुनावी माहोल

नेपाल शैक्षिक परामर्श संघमा चुनावी माहोल


शैक्षिक परामर्श संस्थाहरूको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परार्मश संघ (इक्यान)मा चुनावी माहोल सुरु भएको छ। शनिबार हुने चुनाव नजिकिएसँगै इक्यानमा चुनावी माहोल सुरु भएको हो। 

इक्यानको अध्यक्षका लागि विष्णुहरि पाण्डे,शेषराज भट्टराई,देवीदास भट्टराई र कृष्णहरि केसीले उम्मेदवारी घोषणा गरेका छन्। चार जनाले उम्मेदवारी घोषणा गरेको भए पनि मुख्य प्रतिस्पर्धा विष्णुहरि पाण्डे र शेषराज भट्टराईबीच हुने देखिएको छ।

शेषराज भट्टराई समूहबाट उपाध्यक्ष पदका लागि श्रीराम पौडेल,गीता सिवाकोटी (गीताञ्जली) र दयाराम थापाले उम्मेदवारी घोषणा गरेका छन्। महासचिव पदका लागि दिपकराज भुषाल,सचिव पदका लागि भवनाथ हुमागाई र रत्नबहादुर भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन्।

यस्तै कोषाध्यक्ष पदको लागि आशिक कार्की र सहकोषाध्यक्षमा विकल्पराज पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। यसबाहेक कार्यसमिति सदस्यमा भट्टराई समूहबाट गोविन्द खनाल, होमराज थापा,रमेश लुइँटेल,सुवर्ण बस्नेत,उमा खड्का पाठक, विजयकुमार बस्नेत,बसन्त पाण्डे, राजेश श्रेष्ठ र ई. मनोरथ साहले उम्मेदवारी घोषणा गरेका छन्। 

शनिबार हुने इक्यानको चुनावमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग हुने र चुनाव सकिएको एक घण्टामै मतपरिणाम सार्वजनिक गरिने जनाइएकाे छ। अध्यक्षका उम्मेदवार शेषराज भट्टराईले भने शैक्षिक परामर्श क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा उभ्याएर यस क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउनको लागि नेतृत्वमा पुग्नैपर्छ भन्ने सोच आफूमा आएको र सोही सोचअनुसार साथीहरूको सहयोगका कारण आफू चुनावी मैदानमा होमिएको बताए। यस पटक इक्यान चुनावमा कुल चार सय ६७ मतदाताले मतदान गर्नेछन्।

Logo