‘विदेश जान लागेका कामदारलाई विमानस्थलमा रोक्नु खेदजन्य’ -वैदेशिक रोजगार संघ

‘विदेश जान लागेका कामदारलाई विमानस्थलमा रोक्नु खेदजन्य’ -वैदेशिक रोजगार संघ


नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले विदेश हिडेका १३२ जना कामदारहरुलाई सम्पूर्ण प्रक्रिया पूरा गरेर जाँदा पनि विमानस्थलमा एक्कासि विना कारण रोक्नु गलत भएको बताएका छन् । 

अध्यागम विभागले बुधबार र बिहीबार विदेश हिडेका १३२ जनालाई फर्काएको विषयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले सबै प्रक्रिया पूरा गरेर जाँदा पनि विमानस्थलमा उनीहरुमाथि गरिएको व्यवहार खेदजन्य रहेको बताएका हुन् । 

उनले भने, ‘विदेश हिडेका १३२ जना कामदारहरुलाई सम्पूर्ण प्रक्रिया पूरा गरेर जादाँ विमानस्थलमा एक्कासि विना कारण रोक्नु भएको छ । कसैको कागजातमा समस्या र कोही समयमा नपुगेको भनेर पत्र गरेर फर्काई दिनु भयो, फर्काएको विषय ठूलो होईन् तर देशमा रोजगारीको अभावका कारण जुन मञ्जुरीमा जान खोज्नु भएको थियो । सबै प्रक्रिया पूरा गर्दा पनि विमानस्थलमा उहाँहरुलाई जुन किसिमको व्यवहार गरियो त्यो एकदम खेदजन्य छ ।’ 

वैदेशिक रोजगार विभागबाट इजाजत पत्र लिई वैदेशिक रोजगार व्यवसायीले सम्पूर्ण प्रक्रिया पूरा गरेर युवाहरुलाई पठाएको दावी पनि अध्यक्ष भण्डारीको थियो । उनले आफ्नो निजी क्षेत्रमा लगानीमा बजार प्रवद्र्धन गरि ल्याएका माग पत्रहरु वैदेशिक रोजगार ऐन २०६४ बमोजिम सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर वैदेशिक रोजगार विभागबाट अन्तिम स्वीकृति लिएर विदेश जाने युवा युवतीहरुलाई पठाएको पनि प्रष्ट पारे । 

उनले भने, ‘त्यसरी फर्काइनु मानवीय हिसाबले पनि ठीक होईन्, त्यसमाथि श्रमिकको विषय एकदमै संवेदनशील हुन्छ त्यो विषयमा ध्यान दिनु भएन्, त्यसमा पनि जुन कारणहरु दिइएको छ त्यो प्रमाणविना नै दिइएको छ । फर्काइ सकेपछि विभिन्न किसिमबाट त्यो विषयवस्तुलाई मोड्ने र आफ्ना गल्ति, कमी कमजोरी ढाकछोप गर्नको लागि फरक ढङ्गले विषयवस्तु राखेको देखिन्छ ।’ 

२०८० असार २४ गते जोर्डन जान लागेका १५ जना कामदार, असार २७ गते कुवेत जान लागेका ११७ जनालाई अनावश्यक रुपमा फिर्ता पठाउने कामप्रति संघको गम्भीर ध्यानाकर्षण भएको पनि भण्डारीले बताए । 

यता अध्यागमन विभागले भने कुवेत जस्को महिला कामदार पठाउन नपाइने मुलुकमा महिला कामदार पठाएको देखिएको, हातमा एउटा कागज तर झोला अर्को कागज बोकेकाहरुलाई रोकिएको बताएको छ ।

विदेश जान लागेका १५६ जनालाई विमानस्थलबाट किन फर्काइयो ?

Logo