एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

हिजोदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको सचिवालय बैठक आज पनि जारी रहने भएको हो। हिजो नेताहरूले बोल्ने क्रम नसकिए पछि बैठक आज पनि बस्न लागेको हो  ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, सरकार तथा संसदसहितका क्षेत्रमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, आन्तरिक पार्टी सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।  सोही विषयमा सचिवालयका सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् । 

Logo