आज भक्तपुरमा ‘कोरा साइक्लिङ च्यालेन्ज’ हुने

आज भक्तपुरमा ‘कोरा साइक्लिङ च्यालेन्ज’ हुने


साइकल कनेक्ट भक्तपुरको अभियान यस पटक पनि हुने भएकाे छ। नेपाल इको प्यानलकाे सहयाेगमा साइकल कनेक्ट भक्तपुरले शनिबार गर्न लागेको तेश्रो 'कोरा भक्तपुर  साइक्लिङ च्यालेन्ज'  हुन लागेकाे हाे।

सामाजिक उतरदायित्व अन्तर्गत अभियानलाई सहयोग गर्दै आएको नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए। राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा भक्तपुरलाई एक उदाहरणीय साइकलिङ गन्तव्यको रूपमा स्थापित गर्दै जाने साइकल कनेक्ट भक्तपुरको मुख्य उदेश्यलाई सहयोग गर्दै आएको इन्जिनियर दुवालले जानकारी गराए।

अभियान अन्तर्गत शनिबार “भक्तपुर कोरा २०२३” को आयोजना हुने भएको हो । भक्तपुर जिल्लाको परिक्रमा गर्दै ५०, ७५ र १०० किलोमिटरको तीनवटा रूटमा साइकल यात्रीहरूले कोरा गर्ने जनाइएको छ। साइकल रुट विहान ६ बजे भक्तपुर दरबार स्वायरबाट सुरु हुने छ । त्यहाँंबाट बालाखु गणेश– त्रिपुरासुन्दरी– चोंछे– भोलाछें – महालक्ष्मी– थालाछें– सलागणेश– दत्तात्रय– गोल्मढी– तःमारी– भार्वचोसम्म पुरानो भक्तपुर नगरको परिक्रमा गरेपच्चात सिद्धपोखरी– चोंगा गणेश– नयाँ थिमि– बालकुमारी– बहाखा बजार– बोडे–निलबाराही– बेशीगाँउ– दधिकोट – चाङगुनारायण – त्रिशुल डाँडा– तेलकोट – नगरकोट – ल्हासापाके महामञ्जुश्री – खावा– नाला गुम्बा – भंगाल – लटलम्बेश्वर – सांगा – खाल्चोक – आशापुरी– रानीकोट – गुण्डु– गाम्चा– बालकोट– लोकन्थली– कौशलटार– सानोथिमि हुँदै पुनः भक्तपुर दरबार स्वायर खौमाको ख्वप छेंमा आएर यात्रा सकिने छ।

साइकल यात्रीहरूको लागि नेपाल इन्जिनियरिङ कलेज क्यान्टिनमा ब्रेकफास्ट तथा ५० किलोमिटर यात्रा गर्नेहरूको लागि हेभन हिल रिसोर्ट तेलकोट र ७५-१०० किलोमिटरलाई फन्की हिल रिसोर्ट नगरकोटमा खानाको व्यवस्था गरिएको छ।

विभिन्न क्लब तथा स्थानीय समूहको सहकार्यमा भक्तपुर दरबार स्वायर, बालकुमारी, निलबाराही, चांगुनारायण, तेलकोट,शान्तिडांडा, नगरकोट, बोजिनी, चरेली, खावा, सांगा, खाल्चोक, रानीकोट, घ्याम्पेडाँडालगायतको स्थानमा वाटर पोइन्टको व्यवस्था गरिने जनाइएको छ।

साथै जुजु बाइक्सको प्राविधिक सहयोगमा विभिन्न स्थलमा साइकल सर्भिस क्याम्प राखिने छ । सफलतापूर्वक च्यालेन्ज सकाउने सहभागीहरूलाई मेडलले सम्मान गरिने छ । साइकल च्यालेन्ज पश्चात नाम दर्ताको दौरान सहभागीहरूले टर्की तथा सिरियाको भूकम्प पीडितको सहयोगार्थ उठाएर जम्मा गरेको रकम कोरा काठमाडौंका मुख्य आयोजक मार्फत हस्तान्तरण गरिने छ। कार्यक्रमका लागि फन्की हिल रिसोर्ट नगरकोटलगायतले पनि सहयोग गर्ने आयोजकले जनाएको छ।

Logo