मेरो मन्त्री पदभन्दा माथि सपनाको निःस्वार्थ सेवालाई देखेको छु -कानूनमन्त्री गुरुङ

मेरो मन्त्री पदभन्दा माथि सपनाको निःस्वार्थ सेवालाई देखेको छु -कानूनमन्त्री गुरुङ


कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समाजसेवी सपना रोका मगरले गरेको सामाजिक कार्यको मुक्तकण्ठले प्रसंसा गरेका छन् । 

उज्यालो भविष्य नेपालको १०औं स्थापनादिवस पारेर काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले समाजसेवाको नाममा चन्दा उठाएर सेवागर्ने प्रवृतिको तीव्र विकास भैरहेको अवस्थामा पनि निस्वार्थ सेवाभाव राखेर सपनाले वेवारिसे शव व्यवस्थापनमा गरेको कार्य प्रसंसनीय भएको उल्लेख गरे । उनले आफ्नो झन्डै ४५ वर्षे राजनीतिक यात्रामा पु-याएको योगदानभन्दा माथि सपनाको सेवा भएको पनि बताए । 

उनले आफ्नो मन्त्री पदभन्दा माथि उनको निस्वार्थ सेवा भाव राखेर कार्य गरेको भन्दै सपनाको खुल्ला हृ्दयले प्रसंसा गरे । 

‘एउटा नारी जो १८ वर्षको उमेरमावेवारिसे शवको व्यवस्थापनगर्ने कार्यमालाग्दै गर्दा न त्यहाँकुनै चन्दाआउथ्यो,न तलब भत्ताको व्यवस्था थियो । त्यसकारण मलाई लाग्छ, मैले निरन्तर नेपाली राजनीतिमा झन्डै ४५ वर्षको यात्रा गरेर म अहिले मन्त्री छु । तर, मैले यो मन्त्री पद भन्दामाथि सपना रोका मगरको सेवालाई देखेको छु’ मन्त्री गुरुङले भने, ‘यहाँ सम्मानित हुनुहुने सबैलाई मेरो सम्मान छ तर,सपना रोका मगरले जे गरिराखेकी छन् त्यो मेरो लागि, मुलुकको लागि र समाजको लागि अत्यन्तै प्रेरणादायी छ । धेरै कुरा सिक्नु छ, उनलाई म भन्दामाथि देखें ।’

सपना रोका मगरले कलिलो उमेरमा वेवारिसे शव व्यवस्थापनमा गरेको योगदान स्वरुप उज्यालो भविष्य नेपाल दोलखाले उनलाई आज सम्मान गरेको छ । शनिबार उनलाई राष्ट्रको लागि पु-याएको योगदानको कदर गर्दै अन्तराष्ट्रिय शक्तिशालीमहिला सम्मान २०८० बाट सम्मानित गरिएको छ । 

उज्यालो भविष्य नेपालको १०औं स्थापनादिवस पारेर गरिएको सम्मानमा उनीसँंगै राष्ट्रिय सामाजिक अभियन्ता २०८० बाट लक्ष्मण गुभाजु, राष्ट्रिय समाजसेवा सम्मान २०८० बाट शारदा उप्रेती घिमिरे, राष्ट्र सेवक सेवा सम्मान २०८० बाट नेपाल प्रहरीका पूर्वप्रहरी अतिरित्त महानिरिक्षक (एआईजिपी) धिरु बस्न्यात लगायतलाई सम्मान गरिएको छ । 

Logo