समृद्धि स्कुललाई बेस्ट करिअर ओरिएन्टेड एजुकेसन अवार्ड

समृद्धि स्कुललाई बेस्ट करिअर ओरिएन्टेड एजुकेसन अवार्ड


काठमाडौंको बनस्थलीमा रहेको समृद्धि स्कुलले ‘बेस्ट करिअर ओरिएन्टेड एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबाबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच प्रविधिमा आधारित गुणस्तरीय स्कुल समृद्धिलाई बेस्ट करिअर ओरिएन्टेड एजुकेसन अवार्ड प्रदान गरिएको हो । 

हरेक विद्यार्थीमा अद्भुत क्षमता हुन्छ र त्यसलाई उजागर गर्न हरसम्भव प्रयास गर्नुपर्छ भन्ने बुझेको समृद्धिले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । 

सिर्जनशीलताको कदर गर्दै समृद्धिले वौद्धिक र व्यक्तिगत विकासका लागि विद्यार्थीलाई सधैं हौसला र प्रेरणा दिने गरेको छ । स्थापना कालदेखि नै दीगो शैक्षिक विकासका लागि खटिएको यो स्कुल इमान्दारी, निष्ठा र मेहनतको पर्याय नै बनेको छ ।

प्रिस्कुलदेखि कक्षा १२ सम्मको अध्ययन हुने यो स्कुलले कक्षा ११ मा व्यवस्थापन विषयमा अध्यापन गराउँछ । होटल व्यवस्थापन, पर्यटन र पर्वतारोहण, मार्केटिङ समृद्धिमा पढाई हुने प्रमुख विषय हुन् । सुविधासम्पन्न अत्याधुनिक भौतिक पूर्वाधार, पर्याप्त खेल मैदान, ठूला कक्षाकोठा यस स्कुलका विशेषता हुन् । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सधैं सहयोगी बन्ने यो स्कुलले छात्रवृत्तिसमेत उपलब्ध गराएर उनीहरुको अध्ययनमा सहयोग पुर्याउँदै आएको छ । 

Logo