ट्रिनिटी इन्टरनेसनल कलेजले पायो पपुलर च्वाइस अवार्ड

ट्रिनिटी इन्टरनेसनल कलेजले पायो पपुलर च्वाइस अवार्ड


काठमाडौंको डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेसनल कलेजले ‘पपुलर च्वाइस अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच शैक्षिक उत्कृष्टताका लागि अग्रणी कलेज बन्न सफल ट्रिनिटीलाई पपुलर च्वाइस अवार्ड प्रदान गरिएको हो । 

प्लस टु र ए लेभलका लागि नेपालभर चर्चित रहेको यस कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

शैक्षिक उत्कृष्टताका लागि अग्रणी कलेज बन्न सफल ट्रिनिटीले विद्यार्थीहरूको बौद्धिक, सामाजिक र व्यक्तिगत रूपान्तरणका लागि गुणात्मक शिक्षा प्रदान गर्दै आएको छ । शैक्षिकमैत्री वातावरण, अत्याधुनिक पूर्वाधार भएको ट्रिनिटीले विद्यार्थीहरुको चाहाना र आवश्यकतालाई ध्यानमा राखेर आफ्नो एकेडेमिक कोर्स परिमार्जन गर्दै ल्याएको छ । ‘सिनर्जिस्टीक टिचिङ लर्निङ’ पद्धति अंगालेको ट्रिनिटी इन्टरनेसनल कलेजमा प्लस टु र ए लेभल अन्तर्गत विज्ञान, व्यवस्थापन तथा मानविकी संकायमा अध्यापन हुन्छ ।

Logo