सेन्ट लरेन्स कलेजलाई मस्ट कन्सिस्टेन्ट एकेडेमिक अवार्ड

सेन्ट लरेन्स कलेजलाई मस्ट कन्सिस्टेन्ट एकेडेमिक अवार्ड


काठमाडौंको चावहिलमा रहेको सेन्ट लरेन्स कलेजलाई ‘मस्ट कन्सिस्टेन्ट एकेडेमिक अवार्ड, २०८०’ प्रदान गरिएको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा प्रदान गर्नेमा अग्रणी स्थानमा रहेको  सेन्ट लरेन्स कलेजलाई मस्ट कन्सिस्टेन्ट एकेडेमिक अवार्ड प्रदान गरिएको हो । 

सेन्ट लरेन्सले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । 

उच्च माध्यमिक तहदेखि स्नात्तोकतर सम्मको अध्ययन हुने यो कलेजमा प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा अध्ययन हुँदै आएको छ । अनुशासित र उत्कृष्ट शैक्षिक वातावरणका लागि छुट्टै पहिचान बनाएको यो कलेजले विश्वबजारमा प्रतिस्पर्धी बनाउन कक्षा ११ बाटै पहल गर्छ । गरिब र जेहेन्दार विद्यार्थीलाई आंशिक र पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको यो कलेजले शैक्षिक प्रदर्शन, कक्षा गतिविधि र शैक्षिक प्रगतिका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने गरेको छ । 

Skip This
Logo