एलओडीका दुई कर्मचारी पक्राउ

एलओडीका दुई कर्मचारी पक्राउ


चर्चित नाइट क्लब एलओडीका दुईजना कर्मचारी पक्राउ परेका छन्। 

क्लबमा नाबालिगलाई प्रवेश गराएको आरोपमा क्लबका म्यानेजर सहदेव सेढाईं र सपना ढुंगानालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए। 

नाबालिगलाई क्लबमा छिराएको आरोपमा दुई सञ्चालक यसअघि नै पक्राउ परिसकेका छन्। क्लबमा पुगेकी एक किशोरी बलात्कृत भएपछि सञ्चालक र कर्मचारी पक्राउ परेका हुन्। 

Logo