ज्ञानोदय माविले पायाे केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड

ज्ञानोदय माविले पायाे केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड


काठमाडौंको बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार आयोजित एक विशेष कार्यक्रमकाबीच ज्ञानोदय माविलाई उक्त अवार्ड प्रदान गरेको हो । यस विद्यालयमा हरेक वर्ष कम्तीमा चार सय जना विद्यार्थी थपिन्छन । २०५२ साल यताको एस.एल.सी. र हालको एसइईमा उत्तीर्ण नतिजा शतप्रतिशत रहेको छ ।

कक्षा ११ र १२ को नतिजा पनि लोभलाग्दो छ । ज्ञानोदय मावि देशकै नमूना सामुदायिक स्कुलका रूपमा चिनिन्छ । हरेक वर्ष विद्यार्थी थपिनुको मुख्य कारण प्रविधिमैत्री शिक्षण, उच्चस्तरीय प्रयोगशाला र विद्यार्थीको राम्रो नतिजा नै हो ।  विद्यालयमा आइसिटी प्रयोगशाला, होटल म्यानेजमेन्ट प्रयोगशाला र विज्ञान प्रयोगशाला रहेका छन् ।

Logo