भारतसँग नेपालको लज्जास्पद हार, न ब्याटिङ चल्यो न बलिङ

भारतसँग नेपालको लज्जास्पद हार, न ब्याटिङ चल्यो न बलिङ


नेपालले श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार भएको खेलमा नेपाल भारत एसँग ९ विकेटले पराजित भएको हो । 

आर प्रेमदासा रंगशालामा नेपालले जितका लागि दिएको १६८ रनको सामान्य लक्ष्य भारतले २२.१ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो । भारतको जितमा ओपनरद्वय साई सुदर्शन र अभिषेक शर्माको सानदार व्याटिङ रह्यो । उनीहरुले पहिलो विकेटको लागि १३९ रनको साझेदारी गरेका थिए । 

युवा अलराउन्डरले शर्माले ६९ बलमा ८७ रनको सानदार अर्धशतकीय इनिङ खेले । साथै साथै सुदर्शनले ५८ रन जोडे भने ध्रुव जुरेलले २१ रन बनाए । 

बलिङमा कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७.२ ओभरमा १ सय ६७ रनमा अल आउट भएको हो । नेपालका लागि  कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रनको योगदान दिए । साथै गुलशन झाले ३८ रन बनाउनुबाहेक अन्य खेलाडीको राम्रो प्रदर्शन रहन सकेन ।

एक समय १० ओभरमा ३७(५ को दयनिय अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि रोहित र सोमपालले ५३ रनको साझेदारी गरेका थिए । पवन सरार्फ ६ रनमै आउट भए भने कुशल भुर्तेल र कुशल मल्ल शून्यमा पवेलियन फर्किए । 

बलिङमा भारतका निशान्त सिन्धुले सर्वाधिक ४ विकेट लिए भने राजवर्धन हंगागेकारले ३ विकेट तथा हर्षित रानाले विकेट लिए । 

नेपालले अन्तिम खेल धुबबार युएई ए सँग खेल्नेछ । नेपाल यसअघि पाकिस्तानसँग पनि पराजित भएको थियो । नेपालको दोस्रो हारसँगै समूह बी बाट भारत र पाकिस्तान दुवै सेमिफाइनलमा पुगेका छन् ।

Logo