एसबीआई बैंकलाई २ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन धितोपत्र बोर्डबाट अनुमति

एसबीआई बैंकलाई २ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन धितोपत्र बोर्डबाट अनुमति


नेपाल एसबीआई बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो। यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ। बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ।    

एसबीआईले १० वर्ष अवधि भएको ‘नेपाल एसबीआई बैंक डिबेन्चर २०८९’ जारी गर्न लागेको हो। यसमा वार्षिक ९.७५% ब्याजदर तोकिएको छ। एसबीआई बैंकको डिबेन्चरमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ।

Skip This
Logo