शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालालाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालालाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’


शिक्षाविद्  प्रा.डा. विद्यानाथ कोइराला ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच नेपालको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षण क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका प्रा.डा. कोइरालालाई सो अवार्डबाट सम्मान गरेको हो । 

शैक्षिक क्षेत्रको नतिजा होस् वा गुणस्तर सुधार गर्न निरन्तर आवाज बुलन्द बनाउन शिक्षाविद् कोइराला निरन्तर अग्रसर रहँदै आएका छन् । त्रिभुवन विश्वविद्यालयको शिक्षा केन्द्रीय विभागका प्राध्यापक तथा विभाग प्रमुखसमेत भइसकेका उनले शैक्षिक संस्थाहरूको मूल्याङ्कन र परीक्षणको समेत लामो अनुभव संगालेका छन् । 

Logo