अर्जुनको निर्देशन यात्रा,‘मायाले दिएको एक सुका’ सार्वजनिक

अर्जुनको निर्देशन यात्रा,‘मायाले दिएको एक सुका’ सार्वजनिक


सिनेम्याटोग्राफरका रुपमा अलग्गै पहिचान बनाएका अर्जुन तिवारीले निर्देशनमा हात हालेका छन्। 

सयौं म्युजिक भिडियो, केही फिल्म र रियालिटी शोका सिनेम्याटोग्राफर तिवारीको पहिलो निर्देशन रहेको म्युजिक भिडियो हालसालै सार्वजनिक गरिएको छ। रियाशा दाहाल र मनोज पौडेल खत्रीको अभिनय रहेको ‘मायाले दिएको एक सुका’को भिडियो अर्जुनको निर्देशनमा तयार भएको हो। 

यो गीतमा गायक सुमन केसी र गायिका विद्या तिवारीले स्वर दिएका छन्। डीपी खनालको शब्द रहेको गीतमा हरि लम्सालको संगीत र संगीत संयोजन छ।  यो गीतको भिडियोमा अभिनेता पल शाहको कथा र कन्सेप्ट छ। बुद्ध थापाको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। निर्देशक अर्जुनले आगामी दिनमा पनि निर्देशन यात्रालाई अगाडि बढाउने बताएका छन्। 

 

Logo