राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’


राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच नेपालको शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका शर्मालाई उक्त सम्मान गरेको हो । 

शर्मा पूर्वशिक्षा सचिवसमेत हुन् । सामूहिक नेतृत्व र निर्णयबाट सफलता पाउन सकिने भएकाले त्यसैलाई आत्मसात गरेर अघि बढेका शर्मा बोर्डमा कर्मचारीको वृत्तिविकासमा प्रतिबद्ध समेत छन् । 

Logo