विक्रम राईलाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

विक्रम राईलाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’


शैक्षिक क्षेत्रमा अनवरत रुपमा सक्रिय रहेका प्रसादी एकेडेमीका अध्यक्ष विक्रम राई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच उच्च मावि तर्फको शिक्षालाई आजको स्थितिमा पुर्याउन अतुलनीय भूमिका निभाएका राईलाई विशिष्ट शिक्षा सम्मान प्रदान गरेको हो । 

हरेक वर्ष उत्कृष्ट नतिजालाई निरन्तरता दिन र सही गति दिन एक योग्य निर्देशको रुपमा उनको जिम्मेवारी कालान्तरसम्म अनुकरणीय रहनेछ ।  उनकै नेतृत्वमा रहेको प्रसादी एकेडेमीले प्लस टूको शिक्षामा आफूलाई सधैं शीर्ष स्थानमा राख्न सफल भएको छ । पृथक र अब्बल अध्यापन शैली भएको यो कलेजका पाठ्यक्रम जीवन उपयोगीका साथसाथै अन्तर्राष्ट्रिय स्तरका छन् । सन् १९९७ मा खुलेको प्रसादी एकेडेमीले उच्च शैक्षिक मापदण्ड कार्यान्वयनमा ल्याएकै कारण सतप्रतिशत नतिजा दिन सफल छ । 

Logo