कुशल भुर्तेलले लिए अर्धशतक हानिसकेका लभप्रितको विकेट

कुशल भुर्तेलले लिए अर्धशतक हानिसकेका लभप्रितको विकेट


नेपालका कुशल भुर्तेलले एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई एविरुद्ध महत्वपूर्ण विकेट दिलाएका छन् ।

श्रीलंकाको पी सारा ओभलमा टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि भुर्तेलले २५ ओभरको पाँचौ बलमा अर्धशतक हानिसकेका लभप्रितलाई पवेलियन फर्काएका हुन् । उनले ५२ रन बनाएका लभप्रितलाई सन्दीप जोरामार्फत क्याच आउट गराएका हुन् । 

भुर्तेलले यसअघि २३ ओभरको अन्तिम बलमा पनि इथान डी सौजालाई आउट गरेका थिए । ओपनिङ ब्याटिङ गर्ने भुर्तेलले कहिलेकाही मात्रै बलिङ गर्ने मौका पाउाछन् । 

हाल यूएई ए ४ विकेट गुमाउँदै १०६ रन बनाएर खेलिरहेको छ । 

Logo