कांग्रेस महामन्त्रीद्वयमाथि उठ्यो अनुशासनको प्रश्न

कांग्रेस महामन्त्रीद्वयमाथि उठ्यो अनुशासनको प्रश्न


नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयले अनुशासन नमानेको प्रश्न उठेको छ। सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सांकेतिक रूपमा महामन्त्रीमाथि प्रश्न उठाएका हुन्। 

बुधबार उनले 'केन्द्रीय कार्यमितिमा बस्ने व्यक्तिहरूमा अनुशासन लागु हुन्छ की हुँदैन?' भनेर प्रश्न गरेका हुन्। “केन्द्रीय कार्यसमितिमा भएका मानिसहरूलाई अनुशासन लाग्छ कि लाग्दैन? एउटा केन्द्रीय सदस्य, पदाधिकारी र एउटा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेका मानिसहरूको विषयमा अभिव्यक्त गरेका धारणाहरू व्यक्त गर्दैगर्दा के राम्रो गरेको छ? त्यसैले यहाँ लगाममा धेरै छैन,” उनले भने, “तथानाम छ जे पायो त्यही गरिएको छ। अनुशासनविहीनताले कांग्रेसलाई अघि बढाउने अवस्थामा हामी छैनौँ ।”

Logo