भद्रा घले सदनमा महानगरले डोजर चलाइसकेपछि उच्च अदालतले दियो अल्पकालीन आदेश

भद्रा घले सदनमा महानगरले डोजर चलाइसकेपछि उच्च अदालतले दियो अल्पकालीन आदेश


काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदन भत्काएपछि उच्च अदालत पाटनले भने सदन नभत्काउन अल्पकालीन आदेश दिएको छ । 

उच्च अदालतका न्यायाधीश श्यामजी प्रधानको एकल आदेशले सेवा सदनमा भएको अतिक्रमण समेत तत्काल रोक्न आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले बुधबार दिउँसा सार्वजनिक जग्गामा बनेको भन्दै सदनको भवनमा डोजर लगाएको थियो ।

भद्रकुमारी घले सेवा सदनको तर्फबाट भद्रकुमारी घलेले काठमाडौं महानगरविरुद्ध निषेधाज्ञा लगायतको उपयुक्त आदेश जारी गरी पाउँ भनी दिएको रिटमा भएको बहसपछि न्यायाधीश प्रधानको इजलासले उक्त आदेश दिएको हो । रिट निवदेककोतर्फबाट वरिष्ठ अधिवक्ता शरदप्रसाद कोइराला र अधिवक्तात्रय खडानन्द कडेल, प्रकाश थापा र केशव भट्टराईले बहस गरेका थिए ।

Logo