लक्ष्मी खतिवडाकाे प्रश्रः बालकृष्ण खाण पक्राउ पर्दा कांग्रेसकै नेता गृहमन्त्रीलाई धन्यवाद दिन किन पुगे ?

लक्ष्मी खतिवडाकाे प्रश्रः बालकृष्ण खाण पक्राउ पर्दा कांग्रेसकै नेता गृहमन्त्रीलाई धन्यवाद दिन किन पुगे ?


नेपाली कांग्रेसको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले शरणार्थी प्रकरणमा बालकृष्ण खाण पक्राउ पर्दा आफ्नै पार्टीका नेताले गृहमन्त्रीलाई धन्यवाद दिएकोप्रति आक्रोश व्यक्त गरेकी छन् । 

पार्टी मुख्यालय सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै खतिवडाले आक्रोश व्यक्त गरेकी हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति आलोचना गरिन् । 

उनले भनिन्, ‘कांग्रेसको एउटा नेताकुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्री कहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन । के कारणले पुग्नुभयो ? थाहा छैन । त्यस्तै अभियोग लागेको अर्को अमूक पार्टीको नेताका बारेमा प्रश्न उठ्दा उहाँहरुको बोली फुट्दैन । लागेको होला उहाँहरुलाई पार्टीभित्रको फरक समूहको फरक गुटको मान्छेलाई खुईलाउनलाई, डेक्चीमा बसालेको तातो पानीले हात तलमाथि हुँदा आफूलाई मन परेको मान्छेतिर पनि खनिन सक्छ त्यो पनि विचार पु-याउनुहोला ।’ 

पार्टीभित्रको फरक समूहको नेता भएका कारणले गृहमन्त्रीलाई धन्यवाद दिन गएको हुनसक्ने उनको जिकिर थियो । कांग्रेसको हरेक व्यक्तिको गतिविधिहरु नियालेको पनि केन्द्रीय सदस्य खतिवडाले बताइन् ।

Logo