व्यक्ति बलियो हुन कांग्रेस रूपान्तरण अभियान चलाइयाेः केन्द्रीय सदस्य घले

व्यक्ति बलियो हुन कांग्रेस रूपान्तरण अभियान चलाइयाेः केन्द्रीय सदस्य घले


नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घलेले व्यक्ति–व्यक्ति बलियो हुन कांग्रेस रूपान्तरण अभियान चलाइएको आरोप लगाएकी छन् । 

बुधबारको केन्द्रीय समिति बैठकमा उनले रूपान्तरण अभियान पार्टीलाई बलियो बनाउनभन्दा पनि व्यक्ति बलियो बनाउन केन्द्रित रहेको आरोप लगाएकी हुन् । ‘धेरै साथीहरू रूपान्तरण अभियानमा लाग्नुभएको छ । गाउँ–गाउँमा पुग्नुभएको छ। रुपान्तरणको पक्षमा हामी पनि छौं । रूपान्तरणको नाममा कांग्रेस बलियो बनाउनभन्दा पनि साथीहरू व्यक्ति–व्यक्ति बलियो बनाउन लाग्नुभएको हो कि भन्ने लागेको छ।’

पार्टी बलियो बनाए मात्रै सबै बलियो हुने उनको भनाई छ । उनले कांग्रेसरूपी ढुंगा प्वाल पर्दा सबै डुब्ने बताइन् । 

Logo