नेपाली बजारमा आज सुनको भाउ हालसम्मकै उच्च

नेपाली बजारमा आज सुनको भाउ हालसम्मकै उच्च


सुनको मूल्यले डेढ महिनाअघिको उच्च रेकर्ड तोडेको छ। बुधबार १ लाख १३ हजार १ सय रूपैयाँमा काराेवार भएकाे सुन आज ५ सय रूपैयाँले बढेकाे छ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार ५० रुपैयाँ कायम छ। यस्तै, आज चाँदीको मूल्य ५ रूपैयाँले बढेकाे छ। बुधबार प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ९५ रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Skip This
Logo