महिला विश्वकपमा न्युजिल्याण्डको विजयी सुरुवात

महिला विश्वकपमा न्युजिल्याण्डको विजयी सुरुवात


न्युजिल्यान्डले महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । 

घरेलु मैदानमा बिहीबार भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १-० गोलले पराजित गर्यो । पहिलो हाफ बराबरीमा सकिएको खेलमा ४८औं मिनेटमा हनाहा विल्किन्सनले न्यजिल्यान्डका लागि निर्णायक गोल गरिन् । 

प्रतिस्पर्धात्मक खेलमा आधा दर्जन अवसर खेर फाल्दा नर्वे पहिलो खेलमा अंकबिहीन बन्न पुग्यो ।

Logo