विज्ञान संकायमा उत्कृष्ट नतिजा पस्किँदै आएको ग्लोबल स्कुल अफ साइन्स

विज्ञान संकायमा उत्कृष्ट नतिजा पस्किँदै आएको ग्लोबल स्कुल अफ साइन्स


विज्ञान संकायमा उत्कृष्ट नतिजा पस्किँदै आएको ग्लोबल स्कुल अफ साइन्स मध्यबानेश्वरमा सन् २०१९ मा खुलेको कलेज हो । ग्लोबल स्कुल अफ साइन्स, ग्लोबल स्कुल अफ म्यानेजमेन्टको भगिनी संस्था पनि हो । 

स्थापनाको छोटो समयमै आफूलाई अब्बल सावित गर्न सफल यो कलेजले अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिष्ठितशैक्षिक संस्थाकोसिकाइ अवलम्बन गर्दै अध्यापन गराउने गरेको छ । प्लस टुतर्फ विज्ञान संकायमा गुणस्तरीय शिक्षा दिँदै आएको ग्लोबल उपयुक्त शैक्षिक गन्तव्यका रुपमा रहेको छ । 

प्लस टुतर्फ विज्ञान संकायमा गुणस्तरीय शिक्षा दिँदै आएको ग्लोबल उपयुक्त शैक्षिक गन्तव्यका रुपमा रहेको छ । 

यहाँबाट उतिर्ण भएका विद्यार्थी उच्च शिक्षा अध्ययनका क्रममा मेडिकल, इन्जिनियरिंग र आईटी क्षेत्रमा नेपाल, भारत तथा अन्य देश पुगेका छन् । विद्यार्थीको चौतर्फी विकासमा ध्यान दिँदै ग्लोबलले नविनतम् प्रविधिका साथ विज्ञान संकायमा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्याससँगै पाठ्यक्रमसँग सम्बन्धित गतिविधि (सीसीए) तथा अतिरिक्त क्रियाकलाप (ईसीए)मा समेत जोड दिएको छ । विद्यार्थीका लागि करिअर काउन्सिलिङ, प्रेजेन्टेसन, प्रोजेक्ट लर्निङ, रिसर्च वर्क लगायत छन् । 

व्यवहारिक अभ्यासमा बढी जोड दिने ग्लोबल कलेजमा अत्याधुनिक मोडर्न डिजिटल र अनलाइन टेक्नोलोजीसहितका क्लासरुम छन् । जसले विद्यार्थीलाई अध्ययन सहज मात्र बनाएको हैन, शैक्षिक वातावरणलाई उत्कृष्ट पनि बनाइदिएको छ । कक्षा ११ मा ६ सय सिट रहेको ग्लोबलले २५ जनालाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ । 

व्यवहारिक अभ्यासमा बढी जोड दिने ग्लोबल कलेजमा अत्याधुनिक मोडर्न डिजिटल र अनलाइन टेक्नोलोजीसहितका क्लासरुम छन् ।

रिसर्च सेन्टरका रुपमा विज्ञान संकाय अध्ययन अध्यापन हुने भएकाले एक प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा ग्लोबल स्कुल अफ साइन्स रहेको छ । उच्चस्तरीय भौतिक पूर्वाधार, आधुनिक शिक्षण प्रणाली, आधुनिक ल्याब,कन्फरेन्स हल, टेक्नो ल्याब,कम्प्युटर ल्याब, लाइब्रेरी, हाइजेनिक क्यान्टिन कलेजका विशेषता हुन् । विद्यार्थीलाई विज्ञानको गहन अध्ययन गराएर बौद्धिक रुपमा समेत सृजनशील बनाउनु कलेजको उद्देश्य हो । 
 

Logo