भविष्य निर्माणका लागि उपयुक्त प्लेटफर्म, काठमाडौं बर्नहार्ट

भविष्य निर्माणका लागि उपयुक्त प्लेटफर्म, काठमाडौं बर्नहार्ट


शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा पस्किदैं पृथक पहिचान बनाएको शिक्षण संस्था हो, काठमाडौं बर्नहार्ट । २०५७ सालमा काठमाडौंको बल्खुमा स्थापना भएको यो शैक्षिक संस्था परिणामुखी नतिजा दिने एक अब्बल शैक्षिक संस्था हो । 

स्थापनाको २४औं वर्षमा हिँडिरहेको यो कलेज सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान दिएर शैक्षिक क्षेत्रमा आफूलाई अब्बल कलेजका रुपमा स्थापित गराउन सफल छ । 

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको गुणस्तरको सबैतह पार गरेकाले त्रिभुवन विश्वविद्यालयबाट क्यूएए मान्यता पाउने पहिलो कलेजका रुपमा काठमाडौं बर्नहार्ट देशमा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित छ । शिक्षा मन्त्रालयले ४०औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसबाट २०७६ सालमा उत्कृष्ट निजी महाविद्यालयबाट सम्मानित यो कलेजमा ३ हजारभन्दा बढि विद्यार्थी अध्ययन गरिहेका छन् । 

स्थापनाको २४औं वर्षमा हिँडिरहेको यो कलेज सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान दिएर शैक्षिक क्षेत्रमा आफूलाई अब्बल कलेजका रुपमा स्थापित गराउन सफल छ ।

हरेक परीक्षाहरुमा उत्कृष्टता हासिल गरेको यो शिक्षण संस्थामा माध्यमिक तहदेखि स्नात्तोकत्तर तहसम्म अध्ययन अध्यापन हुँदै आएको छ ।नतिजामुखी परिणाम ल्याउन सफल काठमाडौं बर्नहार्टमा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्यापन हुन्छ । सम्पूर्ण विद्यार्थीलाई दक्ष तथा अब्बल बनाउन परीक्षा केन्द्रित अतिरिक्त कक्षा समेत यो शैक्षिक संस्थाले संचालन गर्दै आएको छ । प्लस टु तर्फको शिक्षालाई व्यवहारिक बनाउन बर्नहार्टले सैद्धान्तिकसंगै प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिँदै विद्यार्थी केन्द्रित सिकाईमा जोड दिएको छ ।

Kathmandu BernHardt College – Saral Notes

उच्चस्तरको भौतिक संरचना भएको यो कलेजमा विद्यार्थीलाई प्रोत्साहन गर्न पाठ्यक्रमसँग सम्बन्धित प्रयोगात्मक अभ्यास र अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको छ । विद्यार्थीको स्वतःस्फूर्त सहभागिताका लागि कलेजले इन्फर्मेशन टेक्नोलोजी,आर्टस् एण्ड कल्चर, खेलकुद प्रतियोगिता लगायत क्रियाकलापमा जोड दिएको छ । यो शैक्षिक संस्था प्रभावकारी योजना, उच्चस्तरको समय सान्दिर्भिक गुणस्तरयुक्त शिक्षा दिन प्रतिवद्ध छ ।

उच्चस्तरको भौतिक संरचना भएको यो कलेजमा विद्यार्थीलाई प्रोत्साहन गर्न पाठ्यक्रमसँग सम्बन्धित प्रयोगात्मक अभ्यास र अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको छ ।

उच्च शिक्षा अध्ययनमा विद्यार्थीलाई मार्गनिर्देश होस् भनेर कलेजले उपयुक्त परामर्श समेत दिँदै आएको छ । त्यस्तै, काठमाण्डौं बर्नहार्टले राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गरेकाले समेत विद्यार्थीलाई उपयुक्त प्ल्याटफर्म मिल्नेमा द्विमत छैन । 

Skip This
Logo