ललिता निवास प्रकरणमा कोहि दोषीले पनि उन्मुक्ति पाउँदैनन् : नेता नेपाल

विराटनगर ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुुरा गर्दै उनले उक्त प्रकरणमा अनुुचित कार्य गरेर भ्रष्टाचार गर्ने जो भएपनि उन्मुक्ति दिन नहुने बताएका हुन् । कोहि निर्दोष मान्छे पर्न नहुने तर दोषी भए उम्कन पनि नहुने नेपालले बताए । नेता नेपालले सो घटनामा आफू दोषी नरहेको दाबी आफु भ्रष्टाचार पनि नगर्ने र गर्नपनि नदिने मान्यताको मान्छे रहेको बताए । उनले आफ्नो पालामा उक्त जग्गामा नयाँ मोहि बनाउने निर्णय नभएको प्रष्ट पारे । ‘कुनै बाटो बनाउने विषयमा निर्णय गरिन्छ यदि वाटो वनाउँदा भ्रष्टाचार भयो भने बाटो बनाउन निर्णय गर्ने प्रधानमन्त्रीलाई दोषी भन्न मिल्दैन’, उनले भने ।

उनले ललिता निवास जग्गा प्रकारणमा कसैलाई पार्टीगत रुपमा मुुद्दा नलगाइएको दाबी गरे । एमसिसीका विषयमा नेपालले परियोजनामा रहेका प्रावधानहरु नेपालको हितमा छन् , छैनन् भन्ने विषयमा गहन अध्ययन गरेर चाँडो टुंगो लगाउनुपर्ने बताए । एमसीसीको विषयमा अध्ययन गर्न कार्यदल बनेको बताउँदै उनले कार्यदलले निष्पक्ष रुपमा काम गरेर यो विषय चाँडै टुुंग्याउनुु पर्ने बताए । नेता नेपालले सरकारले आफ्नो कामलाई तिव्रता दिएर समृद्ध नेपाल र सुखि नेपालीको अभिभारालाई पुरा गर्नुपर्नेमा जोड समेत दिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार