नेपाली बजारमा भित्रिँदै इलेक्ट्रिक कार किया ईभी–६, यस्ता छन् फिचर

नेपाली बजारमा भित्रिँदै इलेक्ट्रिक कार किया ईभी–६, यस्ता छन् फिचर


किया गाडीको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले नयाँ इलेक्ट्रिक कार ईभी–६ नेपाली बजारमा भित्र्याउने भएको छ । भदौ अन्तिममा आयोजना हुने नाडा अटो शोमा नयाँ इलेक्ट्रिक कारको प्रदर्शन गर्ने तयारी गरेको कम्पनीले वुकिङ समेत खुलाएको छ । 

किया ईभी–६ मा ७७.४ किलोवाट आवर क्षमताका ब्याट्री र १६८.१ किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिंक्रोनास मोटर दिएको छ । यो पावरफुल इलेक्ट्रिक कारलाई एकपटक फुल चार्ज गर्दा ५२८ किलोमिटर गुडाउन सकिने दावी गरिएको छ । यसको टर्क ३५० एनएम रहेको छ ।

इन्टेरियर एकदमै आकर्षक र आरामदायी रहेको यस कारको डबल स्पोक स्टेरिङ ह्वील, हिटेड स्टेरिङ, प्रिमियम लेदर सिट, सेन्टर आर्म रेष्टमा कप होल्डर, मुड ल्याम्प, पछाडि पनि फोल्डिङ गर्न मिल्ने सिट दिएको छ । कियाले ईभी–६ मा १२.३ इन्चको टीएफटी डिस्प्ले दिएको छ ।

यस नयाँ इलेक्ट्रिक कारमाा अगाडि र पछाडी नै १७ इन्चको डिस्क ब्रेक, इन्टरग्रेटेड इलेक्ट्रोनिक्स ब्रेकिङ सिस्टम, मल्टी कोलिजन ब्रेक र अटो होल्डसहितको इलेक्ट्रीक पार्किङ ब्रेक दिइएको छ । यसमा क्रुज कन्ट्रोल, वायरलेस चार्जर, ढोकामा पनि अटो डिफगर, अटोमेटीक क्लाइमेट कन्ट्रोल र प्रिमियम एयर फिल्टर लगायत पाउन सकिन्छ । यो नयाँ कारको ग्राउन्ड क्लिरियन्स १७८ एमएम रहको छ ।

कम्पनीले यस कारको मूल्य आधिकारीक रुपमा सार्वजनिक नगरेपनि एक करोडभन्दा माथि पर्नसक्ने आँकलन गरिएको छ । 

Logo