#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व604532836711130067902671427
नेपाल121261000206

बुहारी हत्याको आरोपमा जेठाजु पक्राउ

ताप्लेजुङ ।

ताप्लेजुङको पाथिभरा याङओरक गाउँपालिका–२ थ्येचम्बुमा शुक्रबार साँझ ४३ वर्षीय जेठाजु पूर्णकुमार लिम्बूले ३५ वर्षीया बुहारी शुकमायाको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पूर्णकुमारलाई पक्राउ गरेको छ ।

पूर्णकुमारले घर नजिकैको बाटो हिँडिरहेको समयमा बुहारीलाई खुकुरीले टाउको र घाँटीमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पूर्णकुमारलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

सम्बन्धित समाचारहरु