जीतजंग बस्नेतकाे प्रश्न- ‘सुनकाण्डमा अन्य पार्टीको नेताको नाम आउँदा काँग्रेस किन चुप ?’

जीतजंग बस्नेतकाे प्रश्न- ‘सुनकाण्डमा अन्य पार्टीको नेताको नाम आउँदा काँग्रेस किन चुप ?’


नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आएको भन्दै कांग्रेसका केही नेता भने आफ्नै पार्टीलाई खुइल्याउन हिँडेको आरोप लगाएका छन्।

केन्द्रीय कार्य समिति जारी बैठकमा केन्द्रीय सदस्य बस्नेतले अरुको नाम आउँदा चुप लागेर बस्ने तर आफ्नो पार्टीका नेताको नाम आउँदा चै राजीनामा माग्ने धारणा गलत भएको बताए। 

उनले भने,‘सुन काण्डमा नारायणकाजीको नाम आयो, महराको नाम आयो। केपी ओलीको पनि नाम आएको छ। यो विषयमा नेपाली कांग्रेसले बोल्ने कि नबोल्ने? हाम्रो साथीहरुको नाम आए चर्कोचर्को कुरा गर्नुहुन्छ। जाउ न त नारायण काजीको नाम आईसकेको छ। अब उहाँको विषयमा  राजीनामा माग्न जाऔं। को -को मान्छे सुन तस्करीमा परेका छन्। यो सुनको विषयमा छानविन हुने किन हुने? साथीहरु गृहमन्त्रीकोमा जाने किन जाने?’ 

केन्द्रीय सदस्य बस्नेतले कांग्रेसभित्र कांग्रेसलाई खुइल्याउने प्रवृत्ति बढेको भन्दै अन्य दलका नेताहरूका गल्ती औंल्याउने क्षमता नदेखिएको बताए। उनले अब नेपाली कांग्रेसले आर्थिक क्रान्ति गर्नुपर्ने र जनताको हकअधिकारको लागि लड्नुपर्ने बताएका छन्। नेता,सांसद र मन्त्री जो कोहीपनि बन्छन् तर राजनेता हुन सक्नुपर्ने बस्नेतको भनाइ थियो। 

Skip This
Logo