कांग्रेस सामु भएका चुनौतीका चाङ भुलेर आपसमा भिड्नु हुँदैनः ज्ञानेन्द्र कार्की

कांग्रेस सामु भएका चुनौतीका चाङ भुलेर आपसमा भिड्नु हुँदैनः ज्ञानेन्द्र कार्की


नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीको अघि भएका प्रतिकुलताको चुनौतीका चाङहरु भुलेर सबै सदस्यहरु आफू केन्द्रित भएको बताएका छन्।
 
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य कार्कीले पार्टीका सबै सदस्यहरु पार्टीको समस्यामा केन्द्रित हुनुपर्ने बताए। 

उनले भने, ‘हाम्रा अघि प्रतिकुलता र चुनौतीका चाङहरु छन्। तिनीहरुलाई हामीले भुलेर आफू केन्द्रित भएर हामी अगाडि बढ्यौं भने काम कुरो एकातिर कुम्लो बोकी कता तिर भने झै हुन्छ,अहिलेको आवश्यकता शुसासन दिने हो,सेवा दिने हो। त्यो आवश्यतातिर हामी जानुपर्छ। के अहिलेको आवश्यकता सभापति बदल्नु हो? के अहिलेको आवश्यकता संसदीय दलको नेता बदल्ने हो? के यो उचित छ? यस्तो बाटोमा जाने हाम्रो सोच छ भने त्यसलाई बदल्नु जरुरी छ।’ 

पार्टीको सभापति भनेको संस्था भएकोले त्यसलाई कमजोर पारेर पार्टी बलियो हुन नसक्ने भन्दै केन्द्रीय सदस्य कार्कीले पार्टीलाइ एकतावद्ध बनाएर लानु पर्ने बताए।

Logo