ललिता निवास जग्गा प्रकरणः सचिव राउतलाई थुनामक्त गर्न सर्वोच्चको परमादेश

ललिता निवास जग्गा प्रकरणः सचिव राउतलाई थुनामक्त गर्न सर्वोच्चको परमादेश


बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउतलाई थुनामुक्त गर्न परमादेश जारी गरेको हो । राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको बताउँदै सर्वोच्चले नेपाल बाहिर जान नपाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ बमोजिम तारेखमा राखेर मुद्दाको अनुसन्धान गर्न परमादेश दिएको हो ।

सचिव राउतमाथि माधवकुमार नेपाल नेतृत्वको सरकारका पालामा प्रधानमन्त्री निवास विस्तार गर्ने नाममा नक्कली मोहीलाई जग्गा सट्टा भर्ना दिने निर्णय गरेको आरोप छ। तत्कालीन समयमा राउत भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृतको रूपमा कार्यरत थिए। त्यसबेला उनले निर्णयको टिप्पणी उठाएकाले अनुसन्धानमा तानिएका थिए । 

Logo