एसिसी इमर्जिङ कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै

एसिसी इमर्जिङ कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै


एसिसी इमर्जिङ कप क्रिकेटको उपाधिको लागि आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको फाइनल पुगेका भारत ए र पाकिस्तान ए नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि प्रतिस्पर्धा गर्न लागेका हुन्। खेल श्रीलङ्काको कोलम्बोमा हुनेछ।

पाकिस्तान ए पहिलो सेमिफाइनलमा श्रीलङ्का ‘ए’लाई पराजित गर्दै फाइनल पुगेको हो। यता दोस्रो सेमिफाइनलमा बंगलादेश एलाई पराजित गर्दै भारत फाइनल पुगेको हो।

Logo