हर्क साम्पाङ पुनः विवादमा, हिन्दू धर्मप्रति साम्पाङको नकरात्मक टिप्पणी [भिडियाेसहित]

हर्क साम्पाङ पुनः विवादमा, हिन्दू धर्मप्रति साम्पाङको नकरात्मक टिप्पणी [भिडियाेसहित]


उदाहरणीय मेयरका रुपमा परिचित धरानका चर्चित मेयर हर्क साम्पाङलाई नचिन्ने सायदै कोही नेपाली होलान्। उनको चर्चा देशमा मात्र नभएर विदेशमा पनि बेला बेलामा चल्ने गरेको छ। तर हर्क साम्पाङ राम्रो काम गरेर प्रसिद्ध भएसँगै बेला-बेला आफ्नो छुच्चो मुखका कारण विवादमा पनि परिरहन्छन्। 

हिन्दूले छुवाछूत गरेको आरोप लगाउने साम्पाङ तिनै हुन् जो अघिल्लो वर्ष जातीय विभेद गरेको आरोपमा विवादमा तानिएका थिए।

आफ्नै अभिव्यक्ति र गतिविधिका कारण पटक-पटक विवादमा तानिँदै आएका धरानका मेयर हर्क साम्पाङ पुनः यतिबेला धरानको वडा नम्बर १४ विजयपुरस्थित गोपाल मन्दिरनजिकै चर्च बनाइएको विषयलाई लिएर विवादमा फसेका छन्। उनीमाथी गलत आशयले वा धार्मिक सद्भाव भड्काउने हिसाबले चर्च निर्माण गराएको आरोप लागेको छ।

पार्टी प्यालेस बनाउने भनेर झुक्याउँदै जबर्जस्ती चर्च बनाइएपछि विजयपुर क्षेत्रका धार्मिक संरक्षण समितिसँगै स्थानीय समेत मेयर साम्पाङको विरोधमा उत्रिएका छन्। अहिले मेयर राईमाथी धार्मिक सद्भाव भड्काउने गरी मन्दिरनजिकै बनाइएको चर्च भत्काउनुपर्ने दवाव उनीहरूले राखेका छन्।

उनले स्टाटस मार्फत हिन्दू धर्मलक्षित असह्य टिप्पणी गर्दै ‘जातीय विभेद पालेर बस्ने हिन्दू धर्म सकिने बाटोमा लागेको’तर्क गरेका छन्। 

तर हर्क साम्पाङ भने,‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’भनेझैँ झन् आक्रमक ढंगमा सामाजिक सञ्जाल फेसबुकमार्फत निरन्तर विवादास्पद अभिव्यक्ति दिइरहेका छन्। सामान्य विषयमा स्ट्याटस लेख्ने त साम्पाङको पुरानै रोग हो। तर अहिले ‘हिन्दू विरोध’को आरोप लागेपछि पनि उनले कमजोर तर्कसहित मनलाग्दी फेसबुक स्ट्याटस लेख्न भने छोडेका छैनन्। उनले स्टाटस मार्फत हिन्दू धर्मलक्षित असह्य टिप्पणी गर्दै ‘जातीय विभेद पालेर बस्ने हिन्दू धर्म सकिने बाटोमा लागेको’तर्क गरेका छन्। 

हिन्दूले छुवाछूत गरेको आरोप लगाउने साम्पाङ तिनै हुन् जो अघिल्लो वर्ष जातीय विभेद गरेको आरोपमा विवादमा तानिएका थिए। दलित समुदायलाई अपमान हुने गरी सामाजिक सञ्जालमा स्ट्याटस लेखेपछि दलित आयोगले उनलाई कारवाही सिफारिससमेत गरेको थियो। त्यसपछि उनले अन्तिममा माफी समेत मागेका थिए।

तर अहिले ‘हिन्दू विरोध’को आरोप लागेपछि पनि उनले कमजोर तर्कसहित मनलाग्दी फेसबुक स्ट्याटस लेख्न भने छोडेका छैनन्।

स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि हरूमध्ये चर्चित र लोकप्रिय व्यक्ति हुन् हर्क साम्पाङ। उनको प्रशंसा र लोकप्रियताको चर्चा परिचर्चा भइरह्यो। सामाजिक सञ्जाल उनकै प्रशंसाले भरिएको भेटिन्थ्यो। तर, उनी एकपछि अर्को विषयमा विवादमा र झमेलामा फस्दै आएका छन्। मेयर साम्पाङले श्रमदान जुटाएरै धरानमा खानेपानी ल्याउन सफल भए।

तैपनि,साम्पाङलाई विवादित र आलोचित बनाइरहने मुख्य कारण फेसबुकको अधिक प्रयोग हो। उनी औसत फेसबुक प्रयोगकर्ताको दाँजोमा अत्यधिक फेसबुक चलाउँछन्। फेसबुकमा मनलाग्दी लेख्ने उनको बानीले उनका धेरै शुभचिन्तकहरू निराश हुन थालेका छन्। केही समयअघि सकारात्मक मात्रै स्ट्याटस आउने उनको पोस्टमा पछिल्लो पटक चर्को आलोचना आइरहेका छन्।

Skip This
Logo