यस्ताे छ आज फलफूल तथा तरकारीकाे मूल्य

यस्ताे छ आज फलफूल तथा तरकारीकाे मूल्य


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूची अनुसार कन्य च्याउमा हिजोको तुलनामा १० रुपैयाँ र डल्ले च्याउमा प्रतिकेजी ५० रुपैयाँ बढेर आएको छ।  यस्तै,मकै बोडिको मूल्य प्रतिकेजी २० रुपैयाँले घट्दा भेन्टा र लौकामा १० रुपैयाँ प्रतिकेजी मूल्य घटेर आएको छ। 

त्यस्तै,समितिले आजको लागिलोकल सानो गोलभेँडाको मूल्य ३५ रुपैयाँ तोकेको छ। हिजोको तुलनामा गोलभेँडा प्रतिकेजी ५ रुपैयँले घटेर आएको छ। ठूलो गोलभेँडाको न्युनतम मूल्य पनि स्थिर छ। आज प्रतिकेजी ८० रुपैयाँमा ठूलो गोलभेँडा पाइने छ। समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ भने,सेतो आलुको न्यूनतम मूल्य ३५ रुपैयाँ रहेको छ।

समितिका अनुसार भारतीय सुकेको प्याज ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १२ रुपैयाँ पुगेको छ। यस्तै, घिउ सिमी लोकल ३०, मूला रातो ३०, मूला सेतो लोकल १५, भेन्टा लाम्चो ४०, मकै बोडी ४०, भटमास कोशा ७०,तितो करेला ५०,लौका ५०,परवल ५०,फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ५०,कन्ने च्याउ १८०, डल्ले च्याउ२८०, काँक्रो लोकल ६०,कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ। रायोको साग प्रतिकेजी७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज७० रुपैयाँ न्युनतम मूल्य रहेको छ।

त्यस्तै, फलफूलमा केरा दर्जनको १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३५० पुगेको छ। कागती हिजोको तुलनामा प्रतिकेजी ५० रुपैयाँले बढेर २०० पुगेको छ।अनार प्रतिकेजी ४००,आँप मालदह १५०,अंगुर कालो ५५०,तरबुजा हरियो ८०, मौसम २२०,किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको छ।

Logo