विनोद चौधरीकाे चेतावनी- विवाद नमिलाए कांग्रेसले अकल्पनीय अवस्थाको सामना गर्नुपर्छ

विनोद चौधरीकाे चेतावनी- विवाद नमिलाए कांग्रेसले अकल्पनीय अवस्थाको सामना गर्नुपर्छ


नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोदकुमार चौधरीले पार्टी भित्रको विवाद मिलाएर एक बनेर हिँड्न नसके अकल्पनीय अवस्थाका सामना गर्नुपर्ने बताएका छन् । 

आईतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य चौधरीले पार्टीभित्रको अवस्था अहिले नै समाधान नगरे भोलि दिन कठिन हुने तर्फ सचेत हुनुपर्ने बताएका हुन् । 

उनले भने, ‘यदि पार्टी र पार्टीको सिस्टमले आफ्नो आन्तरिक विवाद र फरकहरुका वावजुद पनि आफ्ना आकांक्षाहरु पूरा नहुँदा समेत एउटै शुत्रमा बाँध्न सकिएन भने भोलिका दिनहरुमा पनि जुन प्रकारको परिस्थतिहरु बन्दै छ आउने दिनहरुमा ,जुन प्रकारको प्रतिष्पर्धा नामै नसुनेका मान्छेहरु उठ्दा समेत मेरो आफ्नै क्षेत्रमा पनि मैले १० औं हजारको भोट पाएको मान्छेहरुसित फेस गरे । त्यसैले यो गम्भीर समस्या हो । पार्टीले यो संस्कारको विकास गर्नु पर्दछ र त्यस्ता मानसिकता बोकेका मान्छेहरुलाई पन्छाउनै पर्छ ।’ 

केन्द्रीय सदस्य चौधरीले वाहिर देखिएका पार्टीहरुले आफुलाई जसरी परिचालित गरिरहेको छन् तिनीहरुलाई चिर्न आवश्यक भएको बताएका छन् । तिनीहरुलाई चिरेर संगठित भएर एउटै वातावरण बनाउन नसके भोलिका दिन निकै नै कठिन हुने निश्चित भएको उनको ठम्याई छ । 

Skip This
Logo