नासिरले ४ सय मिटर फ्रिस्टाइलमा जापानमा राखे नयाँ कीर्तिमान

नासिरले ४ सय मिटर फ्रिस्टाइलमा जापानमा राखे नयाँ कीर्तिमान


नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् । 

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचायका अनुसार नासिरले ४ सय मिटर फ्रिस्टाइलमा ४ मिनट ८.२३ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान कायम गरेका हुन् । यस अघि नासिरको नाममा ४ मिनट १२.१७ सेकेन्ड समयमो कीर्तिमान कायम थियो । नासिरले उक्त कीर्तिमान असारमा आयोजना भएको ११ औं एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन् ।

अव भोलि सोमबार नासिरले पुरुष २०० मिटर फ्रिस्टाइल र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

Skip This
Logo