अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

आइतबार दिउँसो पञ्चदेवल विनायक नगरपालिका- ४ को कालिकास्थान नजिकै मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा २३ वर्षीय बिर्ख बिकको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा परेर अन्य ३३ जना घाइते छन्, जसमा चार जनाको अवस्थाको गम्भीर रहेको र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

Logo