एनसेलको आकर्षक कम्बो प्याक सार्वजनिक

एनसेलको आकर्षक कम्बो प्याक सार्वजनिक


एनसेलका ग्राहकले अब कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कलसहित दैनिक  डेटा र एसएमएस सेवाको फाइदा लिँदै सधैँ कनेक्टेड रहन सक्नेछन् । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याक सञ्चालनमा ल्याएको हो ।

अफ नेट अर्थात् एनसेलबाहेक अन्य नेपाली मोबाइल सेवाप्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्छन् । यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जिबी डेटा र चार सयवटा अल नेट एसएमएस सेवा करसहित नौ सय ९८ रुपैयाँमा लिन सक्छन् । ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७एस्ट्रिक्स३ह्यास डायल गरी सजिलै यो प्याक लिन सकिन्छ ।

त्यसैगरी, अन नेट अर्थात् एनसेलका नम्बरहरूमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जिबी डेटा, दुई सयवटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहित मात्र सात सय ९८ रुपैयाँमा लिन सक्छन् ।

यो प्याक एस्ट्रिक्स१७११८एस्ट्रिक्स७एस्ट्रिक्स२ह्यास डायल गरी लिन सकिन्छ । यी दुवै कम्बो प्याकको समयवधि २८ दिन रहेको छ । अनलिमिटेड भ्वाइस कलसहित डेटा र एसएमएस सेवा बन्डल भएकाले यी दुवै प्याकले ग्राहकलाई ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझै सुलभ दरमा अफ नेट, अन नेट भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्नेछन् । 

Logo