निम्न आर्थिक अवस्थाका भुजेलले कसरी ल्याए एक क्विन्टल सुन ? [भिडियाेसहित]

निम्न आर्थिक अवस्थाका भुजेलले कसरी ल्याए एक क्विन्टल सुन ? [भिडियाेसहित]


केही दिनयता चर्चामा रहेको क्विन्टल सुन प्रकरणले नयाँ मोड लिएको छ। साउन ३ गते हङकङबाट ‘ब्रेक शु’ भित्र लुकाएर आयात भएकोकरिब एक क्वीन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। उक्त प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन्।

यसैबीच ‘ब्रेक शु’ आयात गर्ने कम्पनी रेडी ट्रेड प्रालिका यस्ता शंकास्पद तथ्यहरु सार्वजनिक भएका छन्,जसका आधारमा उक्त कम्पनी सुन तस्करीकै लागि खोलिएको भन्ने पुष्टि हुन्छ। 

साउन ३ गते हङकङबाट ‘ब्रेक शु’ भित्र लुकाएर आयात भएकोकरिब १ क्वीन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

नाम दिलीप भुजेल, ठेगाना मेलुङ-१दोलखा।  २१ वर्षिय दिलीप भुजेल रेडी ट्रेडकम्पनीका मालिक हुन्। कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार भुजेलको एकल स्वामित्व रहने गरी २०७९ चैत १९ गते रेडी ट्रेड प्रालि नामक कम्पनी दर्ता भएको थियो। कम्पनीको उद्देश्य विदेशबाट सामान आयात गर्ने उल्लेख छ। बुढानीलकण्ठ नगरपालिका ४ ठेगाना राखेर कम्पनी दर्ता भएको छ।

रेडि ट्रेड प्रालिले यसअघि पनि ब्रेक शु सँगै दारी काट्ने मेसिन पटक-पटक ल्याएको देखिन्छ। कम्पनी दर्ता भएयता २८ पटक आयात भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका अनुसार १५ पटक ब्रेक प्याड, १२ पटक सेभर र एक पटक मेकानिकल मोटर रेडी ट्रेडले आयात गरेको छ। १५ पटकमा कहिले ४० सेट, कहिले ८० सेट र कहिले ६० सेट गरी ६२० सेट ब्रेक प्याड ल्याएको देखिन्छ। एकपटक भने १२० सेट ब्रेक प्याड ल्याएको छ।

ब्रेक प्याड भने जियाङनेन फेङतोङ ट्रान्सपोर्टेसन कम्पनी लिमिटेड चीनबाट आयात भएको छ ।यसरी सुन काण्डमा मुछिएको रेडी ट्रेडले पछिल्लो दुई महिनामा १ हजार ९ सय ९७ किलो सामान ल्याएको पुष्टि भएको छ ।

ब्रेक प्याड पहिलो पटक जेठ १० गते आयात गरेको छ। त्यतिबेला ४० थान ब्रेक प्याड भित्र्याएको थियो। यस्तै १२ पटकमा २६ सय थान दारी काट्ने मेसिन भित्रिएको देखिन्छ । पहिलो पटक २०८० जेठ २३ गते ४०० थान दारी काट्ने मेसिन ल्याएको थियो। त्यसयता कम्पनी मार्फत १३ पटक सामान भित्रियो। जसमा एकपटक मात्र मेकानिकल मोटर आयात भएको थियो।

रेडि ट्रेडले दाह्री काट्ने मेसिन (सेभर) चीनको दोङ्गुन सुतु ट्रान्सपोर्टेन कम्पनी लिमिटेडबाट आयात गरेको रेकर्डमा देखिएको छ। यस्तै तालमुड कम्पनी ताइवानबाट पनि मेकानिकल मोटर आयात भएको छ। ब्रेक प्याड भने जियाङनेन फेङतोङ ट्रान्सपोर्टेसन कम्पनी लिमिटेड चीनबाट आयात भएको छ ।यसरी सुन काण्डमा मुछिएको रेडी ट्रेडले पछिल्लो दुई महिनामा १ हजार ९ सय ९७ किलो सामान ल्याएको पुष्टि भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर पठाइएका आठ पोका सामानभित्र तस्करीको करिब एक क्विन्टल सुन बरामद हुनुअगावै गिरोहले त्योभन्दा बढी परिमाणको सुन उम्काएको हुन सक्ने देखिएको छ । तस्करीको सुन पास गराउनकै लागि रेडी ट्रेड फर्म खोलिएको तथ्य पनि अनुसन्धानको क्रममा भेटिएका प्रहरीले जनाएको छ ।

ब्रेक सुको आवरणमा जाँचपास गर्ने विमानस्थलका भन्सार अधिकृतसहित तीन जना निलम्बनमा परेका छन भने भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल र उनका मामा रामकुमार भुजेल, त्यसपछि हर्कराज राई, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट पक्राउ परिसकेका छन ।

यता दोलखामेलुङ गाउँपालिका-३ का वडाध्यक्ष वसन्त लामा भने एक क्वीन्टल सुनका मालिक भनिएका २१ वर्षीय दिलीप भुजेलको आर्थिक अवस्था दयनीय रहेको बताउँछन् । लामाले सुन तस्करले आफ्ना गाउँलेलाई फँसाएको र उनीहरु भरियामात्र भएको हुनसक्ने बताएको सञ्चारमाध्यमहरुमा उल्लेख छ।

ब्रेक सुको आवरणमा जाँचपास गर्ने विमानस्थलका भन्सार अधिकृतसहित तीन जना निलम्बनमा परेका छन भने भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल र उनका मामा रामकुमार भुजेल, त्यसपछि हर्कराज राई, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट पक्राउ परिसकेका छन ।

आफ्नो वडाबाट भुजेलको परिवार नजिकै पर्ने हुँदा भुजेलको परिवार काम नगरी खान नपुग्ने आर्थिक अवस्थाको भएको र मोटरसाइकल पनि खरिद गर्न नसक्ने अवस्थाका मान्छेले यत्रो सुन ल्यायो भन्दा पत्याउन गाह्रो भएको उनी बताउँछन् । राजस्व अनुसन्धान विभागले दिलिपसहित मेलुङ-३ का ५३ वर्षीय रामकुमार भुजेललाई पनि पक्राउ गरेको छ । लामाका अनुसार दिलिप, रामकुमारका साला हुन् । रामकुमार काठमाडौंमा ट्याक्सी चलाउँदै आएका थिए ।

Logo