सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


सवारी ज्यान मुद्दाका फरार प्रतिवादी गौरादह नगरपालिका-१ बस्ने ५५ वर्षीय चित्र बहादुर पृथ्वीबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला अदालत झापाको २०७८ चैत १० गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ महिना कैद, २ हजार रूपैयाँ जरिवाना र २ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ।

Logo