ललिता निवास जग्गा प्रकरणः नक्कली मोही बनेका २ जना पक्राउ

ललिता निवास जग्गा प्रकरणः नक्कली मोही बनेका २ जना पक्राउ


बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो । उनीहरुमाथि नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा छ । 

योसँगै ललिता निवास प्रकरणमा हालसम्म २२ जना पक्राउ परेको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । आइतबार मात्रै सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको आरोपमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ प्रकाउ परेका थिए । 

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सिआइबीले सरकारी छापा, दस्तखत, कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । 

ललिता निवासको एक सय ४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजङ्ग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ ।

Logo