पुँजीपतिहरुले सत्ता कब्जा गरेकाे नेपालमा भ्रष्टाचारको अन्त्य सम्भव छैनः विप्लव

पुँजीपतिहरुले सत्ता कब्जा गरेकाे नेपालमा भ्रष्टाचारको अन्त्य सम्भव छैनः विप्लव


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुँजीपतिहरुले नेपालको सत्ता कब्जा गरेको बताएका छन् । 

सोमबार काठमाडौंमा पुष्पलालको २४औं स्मृति दिवसको अवसरमा आयोजित समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहिनता विषयक प्रवचन गोष्ठीमा महासचिव चन्दले आजको भ्रष्टाचारको स्रोत भनेको दलाल पुँजीवादीहरुको सत्ता भएको बताएका हुन् । उनले भने, 'पुँजीवाद नै भ्रष्टाचारको स्रोत हो । संसारका पुँजीवाद रहेसम्म भ्रष्टचारको अन्त्य सम्भव छैन । भूमल्डलीकृत साम्राज्यवाद नै भ्रष्टाचारको स्रोत हो ।' 

महासचिव विप्लवले नेपाली जनताको हातमा सत्ता नआएको र  भ्रष्टचार  राज्यमा मात्र नभई नागरिकमा पनि सल्किएको बताए । जुन दिन नेपालमा समाजवादको स्थापना हुन्छ त्यो दिन पुष्पलालको अर्को सपना पूरा हुने उनको भनाई छ । 

Skip This
Logo