#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व126140568475932894260036
नेपाल9081

८१ हजार नागरिकलाई ट्राफिक नियमबारे सचेतनादेखि जलवायु परिवर्तनका नकारात्मक असरसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका प्रमुख समाचार मध्ये काठमाडौं महानगरभित्र ट्राफिक ब्यवस्थापनको अवस्था निकै चुनौतिपूर्ण छ । ट्राफिक ब्यवस्थापनलाई सहज बनाउन समय समयमा विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको ट्राफिक प्रहरीले ट्राफिक नियमको कार्यान्वयनमा पनि कडाई गर्ने गरेको छ ।
सरकारले आगामी चैतमा गर्ने सगरमाथा संवादको तयारीस्वरुप आईतबार काठमाडौंमा सगरमाथा राष्ट्रिय संवादको आयोजना गरेको छ । याक एण्ड यती होटलमा आयोजना गरिएको संवाद कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली भने स्वास्थ्यस्थितिका कारण उपस्थित हुन सकेनन् । प्रधानमन्त्री अनुपस्थित भएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय संवादको उद्घाटन गरे ।
२०७२ सालको भुकम्पले क्षति पु¥याएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पूनः निर्माणको काम सकिएको घोषणा दुई बर्षपछि गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले दावी गरेका छन् । हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको र, ४० प्रतिशत काम बाँकी रहेको पनि उनले जानकारी दिए ।
सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने बताईरहँदा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । पछिल्लो एक महिनाको तुलना गर्ने हो भने तपाई हाम्रो भान्सामा नभई नहुने खाद्य सामग्रिको भाउ अस्वाभाविक रुपमा बढेको पाईन्छ । केही समयअघि बढेको प्याजको भाउ केही घटेपनि लसुनको भाउ अचाक्ली बढेको छ ।

सम्बन्धित समाचारहरु